समाचारशनिबार, बैशाख २१, २०७०

बन्दको मारमा पूर्वी पहाड

हिमालखबर

बन्द ताप्लेजुङ् बजारमा गस्ती गर्दै प्रहरी । तस्बीर: राजेन्द्र श्रेष्ठ

केहि दिनअघि मात्र यातायात मजदुरले गरेको बन्द खुल्नसाथ २१ बैशाखदेखि ‘संघीय लिम्वुवान राज्यपरिषदले’ पुर्वका ९ जिल्ला बन्द गराउँदा यसक्षेत्रको जनजीवन प्रभावित भएको छ ।

पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेहथुम, धनकुटा, संखुवासभा लगायत नौ जिल्लामा यातायातका साधन चलेका छैनन् भने बजार पसल पनि बन्द छन् ।

धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस वुधबारेमा २० बैशाखमा मतदाता नामावली संकलन भइरहेको समयमा विरोध प्रर्दशन गर्न पुगेका आफ्ना नेता कार्यक्रतालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै संघीय लिम्वुवान राज्य परिषदले अनिश्चितकालिन आमहड्तालको आह्वान गरेको हो ।

केही समयदेखि निर्वाचनको विरोधमा परिषदले फोटो सहीतको मतदाता नामावली संकलनको कार्यमा अवरोध गर्दै आएको छ ।

बन्दका कारण पाथिभरा दर्शन गर्न आउने तीर्थयात्रीहरु बीच बाटोमै अलपत्र परेका छन ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>