समाचारशनिबार, बैशाख २१, २०७०
मंसीरमा निर्वाचन नभए पदमा बस्नुको औचित्य छैनः मन्त्री पौडेल
सिन्धुपाल्चोकको खाडीचौरमा नवनिर्मित सिन्धु सदाबहार अस्पतालको २१ बैशाखमा उद्घाटन गर्दै सञ्चारमन्त्री माधवप्रसाद पौडेलले अहिलेको सरकारको प्रमुख काम आगामी मंसीरमा चुनाव गर्ने भएकाले त्यतिबेलासम्म पनि चुनाव गर्न नसकेमा आफूहरु पदमा बसिरहनुको कुनै औचित्य नहुने बताएका छन् ।
नेकपा माओवादीलगायत ३३ दलतर्फ सङ्केत गर्दै उनले राजनीतिक दलहरुले चुनावमा भाग नलिने कुरामा आफूलाई विश्वास नलागेको दाबी गरे ।
कार्यक्रममा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले सबै दलको सहमतिबाट निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा नेता देव, त्रिविवि शिक्षण अस्पतालका निर्देशक डा भगवान कोइराला, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त, सिन्धु सदाबहार अस्पतालका प्रमुख डा युवराज सिम्खडालगायतलाई मन्त्री पौडेलले सम्मान गरेका थिए ।
निजी क्षेत्रबाट निर्मित उक्त अस्पताल चार वर्षअघिबाट सञ्चालनमा छ ।
रासस
