समाचारआइतबार, बैशाख २२, २०७०
कार्की अख्तियारमा आउँदैनन्: कोइराला
२२ बैशाखमा कपिलबस्तुको तौलिहवामा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विवादित छवी भएका लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने उच्चस्तरीय राजनीतिक समितिको सिफारिस कार्यान्वयन हुनबाट रोक्ने बताएका छन् ।
कोइरालाले नेपाली जनता कार्कीको विरोधमा कांग्रेस जनताको पक्षमा उभिने दाबी गरे ।
सञ्चारकर्मीहरुले कार्की प्रकरणमा कांग्रेस सभापतिबाट स्पष्ट धारणा आउनुपर्ने माग गरेपछि कोइरालाले भने, “मेरो भनाई स्पष्ट बुझ्नुस, कार्की अख्तियार प्रमुख हुन पाउँदैनन् ।”
यसअघि नेपाली कांग्रेस सहितका ४ दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियार प्रमुख बनाउन सिफारिस गरेकोमा त्यसको चौतर्फी विरोध भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले कार्कीको सिफारीस कार्यान्वयन हुनबाट रोक्ने बताएका छन् भने एमाओवादीले कार्कीका पक्षमा पैरवी गर्दै आएको छ ।
