समाचारआइतबार, बैशाख २२, २०७०
संवैधानिक परिषदको बैठक बस्दै
आज बस्ने संवैधानिक परिषदको बैठकमा अख्तियार प्रमुखको नियुक्तिमा चारदलीय संयन्त्रले सिफारिस गरेपछि विवादित बनेका लोकमान सिंह कार्की लगायतका विषयमा छलफल हुँदैछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, लोकसेवा आयोगको रिक्त प्रमुखको नियुक्तिका विषयमा समेत छलफल हुनेछ ।
संवैधानिक परिषदको बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।
यसअघि उच्चस्तरीय राजनीतिक समितिले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न सिफारिस गरिसकेको थियो ।
बैठकमा छलफल हुने एजेण्डाका बारेमा आफूहरुलाई पूर्व जानकारी नगराइएको तर, लोकमानसिंह कार्की लगायतका विषयमा छलफल हुनसक्ने परिषदका एक सदस्यले हिमालखबरलाई बताए ।
