समाचारआइतबार, बैशाख २२, २०७०

‘लिम्बुवान’को कार्यालय तोडफोड

हिमालखबर

परिषदले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै खाँदबारी–१ मा को २ त ७९ नम्बरको टेक्टरमा परिषदका कार्यकर्ताले आगजानी गरेपछि आक्रोशित बनेका खाँदबारीका यातयात व्यवसायीले परिषदको कार्यालय तोडफोडपछि तालाबन्दी गरेको व्यवसायी उमंग लामाले बताएका छन् ।

परिषदले कुनै पत्रचार नगरी मौखिक रुपमा मात्र जानकारी गराएको व्यवसायीहरुको भनाई छ । उनीहरुले वन्दको मार यातयात व्यवसायीले बढी खेप्नु परेको र क्षति पनि बढी हुने गरेको भन्दै क्षतिपुर्ती उपलब्ध नगराए सम्म ताला नखोल्ने बताएका छन् ।

उता लिम्बुवानका जिल्ला सचिव शशी लिङथेपले भने बन्द गरिदिन सहयोगका लागि जानकारी गराएको र अवज्ञा गरेकोले कार्यकर्ताले आगजनी गरेको बताए । उनले वार्ताबाट समस्या समधान गर्ने पनि बताएका छन् ।

तुम्लिङटारबाट सामान लिएर खाँदबारी आउँदै गरेको टेक्टर २२ बैशाखमा लिम्बुवानका कार्यकर्ताले आगजनी गरेका थिए ।

धनकुटामा मतदाता नामावली संकलन कार्यमा अवरोध पु¥याए पछि प्रहरीले परिषदका कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा २१ बैशाखदेखि परिषदले अनिश्चितकालिन आमहड्तालको आह्वान गरेको छ ।

छेटु शेर्पा, सङ्खुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>