थप समाचारआइतबार, बैशाख २२, २०७०
लिम्बुवानका कार्यकर्ताले दुईवटा मोटरसाइकल जलाए
मतदाता नामाबली संकलनमा अवरोध गर्दै आएको संघीय लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दमा गुडाएको भन्दै पूर्व पश्चिम राजमार्गको झापा सतासीधाम खण्डमा दिँउसो १२ बजे अनारमनी ३ का सन्दीप साहेबालको मे ३ प ९२५० र दिँउसो डेढ बजे राजमार्गकै झापा धाइजन खण्डमा बिर्तामोडका शान्तिराम निरौलाको मे ४ प २४१ नम्बरको मोटरसाइकल जलाएका छन्. ।
यसैबिच प्रहरीले झापाका बिभिन्न ठाँउबाट आफ्ना २२ कार्यकर्ता पक्राउ गरेको परिषदका अध्यक्ष कुमार लिंगदेनले बताएका छन् ।
बन्दका कारण पूर्वी नेपालको ९ वटा जिल्लाको जनजीबन कष्टप्रद बनिरहेको छ । राजमार्गमा यातायातका साधन नचल्दा मानिसहरु पैदल हिँडिरहेका भेटिन्छन् । बिहानैदेखि बन्दको उर्दी गर्दै राजमार्गमा निस्किएका कार्यकर्ताहरुले जन्ती बसहरुलाई समेत रोकेर भाषण सुनाएका थिए ।
फोटो सहितको मतदाता नामावाली संकलन कार्यलाई अबरोध गरिरहेका सात कार्यकर्तालाई २० बैशाखमा पाँचथरबाट पक्राउ गरेको बिरोधमा २१ बैशाखदेखि परिषदले पूर्वका नौ जिल्ला बन्द गराएको छ ।
गोपाल गडतौला, झापा

