समाचारसोमबार, बैशाख २३, २०७०

लोकमानलाई रोक्न राष्ट्रपति कार्यालय घेराउ

हिमालखबर

लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै विद्यार्थीहरु । तस्बीर: विक्रम राई, हिमालखबर

संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नाम सिफारिस गरेपछि उक्त सिफारिस अनुमोदन नगर्न माग गर्दै नागरिक समाजका अगुवा, विद्यार्थी, पत्रकार, कर्मचारी, राजनीतिक दलका युवा नेताहरु र सर्वसाधारण नागरिकले राष्ट्रपतिको कार्यालय शीतल निवास अगाडि धर्ना तथा प्रदर्शन गरेका छन् ।

कार्कीलाई अख्तियारमा गरिएको सिफारिस राष्ट्रपति कार्यालयबाट फिर्ता नपठाउञ्जेल धर्ना तथा विरोध प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् ।

कर्मचारीहरु पनि आन्दोलित
कार्कीको अख्तियार प्रमुखमा सिफारिसप्रति असहमति जनाउँदै सरकारी कर्मचारीहरु पनि कार्यालय पोशाकमै बबरमहलमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।

पेशागत महासंघ नेपालको अगुवाईमा प्रदर्शनमा उत्रिएका कर्मचारीहरुले लोकमानको नियुक्ति सिफारिस फिर्ताका साथै उनलाई कार्वाही समेतको माग गर्दै नाराबाजी गरेका छन् ।

प्रदर्शनमा महालेखा परिक्षकको कार्यालय, सडक कार्यालय, जिल्ला विकास समितिका कर्मचारीहरु, इञ्जिनियर, स्वास्थ्यकर्मीलगायतका संलग्न छन् ।

प्रदर्शनले गर्दा अहिले काठमाडौंको सवारी ब्यवस्था असहज भएको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>