समाचारमंगलबार, बैशाख २४, २०७०
पूर्वको वन्द खुल्यो
आफ्ना कार्यकर्ता रिहाई लगायतका माग राखि चार दिनदेखि जारी अरुण पारीका नौ जिल्लामा गर्दै आएको अनिश्चितकालीन आम हड्ताल २४ बैशाख दिउँसोदेखि स्थगित भएपछि पूर्वको जनजीवन सामान्य हुन थालेको छ।
परिषद्का केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले मंगलवार विज्ञप्ति निकालेर चार दिन देखि जारी हड्ताल स्थगित भएको जानकारी दिएका छन् ।
लिङ्देनले निकालेको विज्ञप्तिमा बन्दले आम जनतालाई बढी दुख भएकोले आन्दोलनको स्वरुप परिवर्तन गरि सरकारी कार्यालय, गाबिस, नगरपालिका, निर्वाचन आयोगमा घेराउ तथा तालाबन्दी गरी चैत्र १ को कदम र मतदाता नामावली संकलन , अवैध नागरिकता वितरणको विरुद्धमा आन्दोलन लाई अझ सशक्त पार्ने उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयमा परिषद् र प्रशासनबीच भएको वार्तामा इलाममा गत साता पक्राउ परेका कार्यकर्ता रिहा गर्ने र बन्द खुलाउने सहमति भएको परिषद्ले जनाएको छ।
