समाचारमंगलबार, बैशाख २४, २०७०
रिट दर्ता नभएकोमा फेरि रिट
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि संवैधानिक परिषद्ले गरेको सिफारिसविरुद्ध परेको रिट सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै दर्ता अस्वीकार गरेपछि सर्वोच्च प्रशासनको उक्त निर्णयविरुद्ध २४ बैशाखमा अर्को रिट दर्ता भएको छ ।
सर्वोच्च प्रशासनले सार्वजनिक सरोकारको विषयमा रिट निवेदन दर्ता गर्दा विपक्षीलाई त्यसबारे जानकारी गराउनुपर्ने भन्दै कार्कीविरुद्धको रिट दर्ता अस्वीकार गरेपछि रिट निवेदक अर्यालले उक्त निर्णय विरुद्ध रिट दर्ता गराएका हुन् ।
सर्वोच्च प्रशासनले रिट दर्ता गर्न नमाने त्यसविरुद्ध सर्वोच्च इजलास जान पाईने कानूनी ब्यवस्था छ।
सर्वोच्चले २३ बैशाखमा कार्कीविरुद्ध रिट दर्ता नगरेपछि २४ बैशाख विहान बरिष्ठ अधिवक्ताहरुको टोली कामु प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मालाई भेट्न पुगेको थियो ।
कामु प्रधानन्यायाधीश शर्माले पछिल्लो रिटको सुनुवाईका लागि २५ बैशाखको इजलाशमा शुरुमै पेशीमा राखिदिने आश्वासन दिएको अधिवक्ता अर्यालले जानकारी दिएका छन् ।
