समाचारबुधबार, बैशाख २५, २०७०
कार्कीको नियुक्तिप्रति सर्वत्र विरोध
नेपाल बार एसोसिएसनले २५ बैशाखमा विज्ञप्ति जारी गर्दै अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्तिले लोकतन्त्रिक मूल्य मान्यताको उपहास भएको उल्लेख गरेको छ ।
यसैगरी युवा सङघले नेपालले पनि कार्कीको नियुक्तिप्रति विरोध जनाउँदै आन्दोलन जारी राख्ने जनाएको छ । आजै युवा तथा विद्यार्थीहरूले राजधानीलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा काठमाडौं र पोखरामा सरकारी गाडीमा आगजनी समेत भएको छ ।
विद्यार्थी र युवाहरुले विभिन्न क्याम्पस अगाडि र राजधानीको नयाँ वानेश्वरमा चक्काजाम गरेका थिए । नागरिक समाजका अगुवाहरूले भने शीतलनिवासमै विरोध प्रदर्शन गरेका थिए ।
विरोधस्वरुप आजै नेपाल विद्यार्थी सङघले पनि राजधानीमा प्रदर्शनीको तयारी गरेको छ ।
