समाचारबुधबार, बैशाख २५, २०७०

छोरी भनेर गर्भपतन गराउँदा छोरा भएपछि

हिमालखबर

हाम्रो समाजमा अझै पनि पुरुष प्रधानता विद्यमान रहँदा छोरी र छोराबीच हुने ब्यवहारमा परिवर्तन आउन सकेको छैन भने छोराको आशामा गर्भपतन गराउँदा कतिपय आमाको ज्यानसमेत जोखिममा पर्ने गरेको छ ।

छोराको आशाामा ३० वर्षको उमेर पुग्नुअघि नै चार छोरीलाई जन्म दिएकी महोत्तरी शहरवाकी चन्दा झाको गर्भमा रहेको पाचौं सन्तान पनि छोरी नै भएको चिकित्सकले बताएपछि उनले गर्भपतन गराइन् । तर, गर्भपतन भइसकेपछि उनको कोखमा रहेको बच्चा छोरा भएको थाहा लाग्यो ।

एक साता अघि जनकपुरको जानकी प्रहरी चौकी नजिक रहेको जनकपुर प्रसुति गृहमा गर्भपतनका लागि भर्ना भएकी महोत्तरीकी चन्दा झाले २४ बैशाख राति १ बजे छोरालाई जन्म दिएकी थिईन् । जन्मेको शिशु ५ महिनाको मात्रै रहेको र गर्भपतनको औषधी सेवनपछि बच्चा जन्मिएकोले बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

जन्मेको बच्चाको लिंग हेर्दा परिवारजन र प्रसुति गृहमा रहेका अन्य बिरामीहरुले समेत स्पष्ट रुपमा छोरा रहेको पहिचान गरिएको चन्दाका देवर अशोक झाले बताए ।

दौडँदै गएर परिचारिका रञ्जु झालाई देखाउ“दा उनले शिशुलाई आफ्नो नियन्त्रणमा लिएर माथिल्लो तल्लामा गएको चन्दाकी आमा चन्द्रकला देबीले बताईन् । पछि शिशु लिड्ड काटिएको र रगतले लथपथ भएको अवस्थामा रञ्जुले हस्तान्तरण गरेको प्रत्यक्षदर्शीहरुले दाबी गरेका छन् ।

आक्रोशित परिवारजनले क्लिनिकमा तोडफोड समेत गरेका छन् । समान्य क्षति भएपछि अस्पताल सञ्चालक डाक्टर निलम चौधरीले खबर सार्वजनिक नगर्ने शर्तमा पीडित परिवारलाई एक लाख रुपैयाँ दिने सहमति भएको अस्पताल स्रोतको दाबी छ ।

चन्दाले गर्भ भएदेखि नै पटक पटक चिकित्सकसँग जाँच गराउँदै आएको र दुईपटक अल्ट्रासाउन्ड गराएर चिकित्सक चौधरीलाई रिपोर्ट देखाउन जा“दा गर्भमा रहेको शिशु छोरी नै रहेको बताएपछि गर्भपतन गर्ने निर्णयमा पुगेको बताईन् ।

कानूनले चिकित्सकले आवश्यक ठहर गरेमा तीन महिनासम्मको गर्भलाई पतन गराउन सक्ने ब्यवस्था गरेको छ । यद्दपी लिड्ड पहिचान गरेर हुने गर्भपतनलाई कानूनले अपराध मानेको छ ।

चेतनाको कमी, परम्परागत मान्यता र अन्धविश्वास साथै पुरुष प्रधान समाजले गर्दा छोरा र छोरी बीच हुने विभेद हाम्रो समाजमा अझै कायमै छ । छोरा र छोरीबीचको विभेदको खाडल पुर्न सकेमात्रै महिलामाथि हुने हिंसा घट्न सक्छ ।
इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>