समाचारबुधबार, बैशाख २५, २०७०
अपराध योजना बनाइरहेका दुई भारतीय पक्राउ
विराटनगर भन्सार कार्यालय नजिकैको गौरव होटलको १०१ नम्बर कोठाबाट २५ बैशाख सा“झ आपराधिक योजना बनाइरहेका दुई जना भारतीयलाई लाई सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएका छन् ।
तीन सातादेखि होटलमा बस्दै आएका भारत जोगवनी निवासी मोहमद सम्सुल र फारबिसगञ्जका विकासकुमार रायलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालयको बिशेष टोलीले नियन्त्रणमा लिएको हो ।
सम्सुलले आफ्नो ठेगाना भारतको जोगवनी र विराटनगर दुबै ठाउ“ भएको प्रहरीलाई बताएका छन् । उनीहरुका साथबाट पाँच राउण्ड गोली लोड गरिएको सिक्सर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरेपछि नजिकैको होटलमा रहेका दुई भारतीयलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मध्ये दिल्लीका अजय शर्मा र पटनाका शम्भु गुप्ता रहेका छन् । उनीहरु दुबै कवाडीका कारोबारी रहेको बताइएको छ ।
हतियारसहित पक्राउ पर्ने ब्यक्तिहरुलाई विराटनगर–२१ बस्ने अजय शर्माले होटलमा लगेर राखेका थिए ।
होटल संचालक राजु साहका अनुसार, तीन सातादेखि बसेका दुई जना कहिले दिनभर होटलमा आउँदैनथे भने कहिले दिनभर होटलमै बस्ने गरेका थिए ।
उनीहरुले होटलमा बसे बापतको पा“च हजार पा“च सय रुपैयाँ तिर्न बाँकी रहेकाले २४ बैशाखमै साहले हटाउन खोजेका थिए । बुधबार बेलुकासम्ममा रुपैया तिर्ने भनेर बसेका उनीहरु बेलुका पक्राउ परेका हुन् ।
उनीहरुलाई पक्राउ गर्दा सीमा क्षेत्रमा ठुलो भिड लागेको भएपनि पक्राउ बारेको सूचना प्रहरीले गोप्य राखेको छ ।
बिषेश प्रहरीको टोलीले पक्राउ गरेको भएपनि टोलीको नेतृत्व गरेका निरीक्षक दुर्गा दाहालले टेलिफोनमा आफू धरानमा रहेको बताएर पञ्छिए ।
हतियारधारी समुह कुन उद्देश्यले नेपालमा आएर यतिका दिनसम्म होटलमा बस्दै आएको थियो भन्ने खुल्न सकेको छैन ।
कमल रिमाल, विराटनगर

