समाचारबिहीबार, बैशाख २६, २०७०

कार्कीको नियुक्तिविरुद्ध आन्दोलन जारी

हिमालखबर

लोकमानसिंह कार्कीको अख्तियारमा नियुक्तिको विरोधमा विभिन्न १३ विद्यार्थी संगठनले बिहानैदेखि काठमाडौं लगायत
देशभरका क्याम्पस अगाडी चक्काजाम गरेका छन् ।

बिहान ८ देखि ९ बजेसम्म एकघण्टा सबै क्याम्पस अगाडिका सडकमा चक्काजाम गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा कार्कीसहित लोकसेवा आयोगमा कयोदेवी यमी, महालेखा परिक्षकको कार्यालयमा भानुप्रसाद आचार्य नियुक्त भएका छन् ।

यसैबीच नेकपा–माओवादी नेतृत्वमा रहेका साना दलहरुले पनि आज आन्दोलन गर्दैछन् । उनीहरुले दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास अगाडी धर्ना दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>