थप समाचारबिहीबार, बैशाख २६, २०७०

बाघको आक्रमणबाट दुईको मृत्यु

हिमालखबर

फाइल तस्बीर

बाघको आक्रमणबाट गीतानगर–४ देवगनरका करिव ७५ वर्षीय हनुमन्ते सार्की र गीतानगर– १ उजेलीनगरका करिव ४० वर्षीय लालवहादुर आले मगरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

विहान साढे ४ वजेको समयमा बाघले घरभित्रै बाट थुतेर लगेको हनुमन्तेको शव घर नजीकको दक्षिणकाली सामुदायिक वनमा फेला परेको थियो । हनुमन्तेलाई आक्रमण गरेको बाघ हेर्न गएका देवनगरका आलेमगरलाई भने विहान ११ वजेको समयमा आक्रमण गरी मारेको दक्षिणकाली सामुदायिक वनका सदस्य समेत रहेका शिव अधिकारीले जानकारी दिए ।

सामुदायिक जङगलमा हनुमन्तेलाई खोज्न जाने क्रममा सोही ठाउका ३० वर्षीय विकास न्यौपाने बाघको आक्रमणबाट गम्भीर घाईते भएका छन् । गम्भीर घाईते भएका न्यौपानेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

सोही सामुदायिक वनको अजम्वरी घारीमा रहेको बाघलाई नियन्त्रणमा लिने प्रयास जारी रहे पनि अझै सफल हुन सकेको छैन । बाघ नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी खटिएका छन् ।

विहानै यस्तो घटना घटेपछि सो क्षेत्रका बासिन्दा आतंकित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>