समाचारबिहीबार, बैशाख २६, २०७०
बारामा एमाओवादी कार्यकर्ताको हत्या
एमाओवादी भोजपुरा राज्य समिती सदस्य तथा मध्यमाचल खेलकुद विकास समितीका उपाध्य ३५ वर्षीय राजेन्द्र मण्डलको २५ बैशाख राति हत्या भएको छ ।
बारा कलैया १ निवासी मंडल गाउँकै गोपी महतोको घरमा भोज खाएर मोबाइल फोनमा कुरा गरिरहेको अवस्थामा राति ९:१५ बजे सोही गाउँ बस्ने प्रमोद मण्डलको समूहले पछाडिबाट टाउकामा घरेलु हतियार प्रहार गरी गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति १२ बजे वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हतियार प्रहारपछि भागेका प्रमोद, दिप मण्डल, जयनारायण मण्डलको प्रहरीले खोजी गरिरहेको छ । प्रमोदका आमा शारदादेवी, १६ वर्षीय बहिनी रञ्जुकुमारी र दीप तथा हरि मण्डलका श्रीमतीहरु समेत गरी पाँच जनालाई अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरी उपरीक्षक ठाकुर ज्ञवालीले बताएका छन् ।
अली असगर, वीरगञ्ज
