समाचारबिहीबार, बैशाख २६, २०७०

ओमान र बहराइनमा दूतावास स्थापना हुने

हिमालखबर

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सडक विस्तारका लागि एसियाली विकास बैंकबाट रु ६ अर्ब ५४ करोड ऋण सहायता लिन एक वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

संविधानसभाको निर्वाचनबारे छलफल गर्न यसअघि नै दलहरुलाई पत्र पठाइसकेकामा शुक्रबार बिहान ९ बजे ती दलसँग छलफल गर्नेे निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिएका छन् ।

बैठकले डडेल्धुरामा रहेको जिल्ला अस्पताल र टिम अस्पताललाई एकीकृत गरी एक सय शय्याको उपक्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने, सार्वजनिक खरिद पुनरावलोकन समितिको रिक्त रहेको सदस्य पदमा अश्वनाथ उपे्रती र लवनाथ श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै विशिष्ट व्यक्तिको सुरक्षाका लागि कानुन बनाउने, द्वन्द्वकालमा लुटिएका र हराएका हतियारबारे बुझ्न हातहतियार मौजुदासम्बन्धी निर्देशिकाको मस्यौदा सम्बन्धित समितिमा पठाउने, राष्ट्रिय विपत्ति प्रकोप नियन्त्रणको कार्यढाँचा बनाउने निर्णय आजको बैठकले गरेको प्रवक्ता पौडेलले बताए ।

ओमान र बहराइनमा राजदूतावास स्थापना गर्ने र त्यहाँ आवश्यक दरबन्दीको व्यवस्था गर्ने तथा चीनको ग्वान्जाउमा नेपालको कन्सुलर शाखा स्थापना गर्ने, केन्द्रीय बालकल्याण समितिको कार्यकारी निर्देशक शिसम मल्ललाई हटाउने, ललितपुरको कुसुन्तीमा रहेको १५ आना जग्गा ६ परिवारको नाममा लालपुर्जा वितरण गर्ने, निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउन निर्देशिका बनाउने निर्णय सरकारले गरेको छ ।

बैठकले थाइल्यान्डको बैंककमा हुने मुद्रा निर्मलीकरणसम्बन्धी ‘फेस टु फेस’ कार्यक्रममा भाग लिन कानून सचिवको नेतृत्वमा टोली पठाउने, फ्रान्सको पेरिसमा पशु स्वास्थ्यका लागि विश्व सङ्गठनको कार्यक्रममा भाग लिन कृषि विकास मन्त्री टेकबहादुर थापा घर्तिलाई पठाउने, स्विट्जरल्यान्डको जेनेभामा हुने ‘सूचना समाजसम्बन्धी विश्व सम्मेलन २०१३’ मा भाग लिन नेपाल सरकारको जेनेभास्थित स्थायी प्रतिनिधिको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>