थप समाचारबिहीबार, बैशाख २६, २०७०

श्राद्ध गर्न आएका तीन जना डुबेर वेपत्ता

हिमालखबर

मातातिर्थ औंसीका अवसरमा बराहक्षेत्रस्थित सप्तकोशी नदीमा श्राद्ध गर्न आएका झापा, काकडभिट्टाका ५५ बर्षीय ज्ञाननाथ बास्कोटा, शान्तिनगरका ४० बर्षीय रमेश बास्कोटा र ३५ बर्षीय गोपाल बास्कोटा नदीमा डुबेर बेपत्ता भएको अस्थायी प्रहरी विट बराहक्षेत्रले जानकारी दिएको छ ।

प्रहरी हवल्दार वीरेन्द्र यादवका अनुसार वेपत्ता हुने रमेश र गोपाल दाजुभाई हुन् भने ज्ञाननाथ बास्कोटा उनीहरुका ठूलाबाबु हुन् ।

श्रद्धाको पूजा सकेर कोशीमा पिण्डसँगै बत्ति सेलाउन पुगेको बेला मध्यान्ह १२ बजे तीन जना सप्तकोशीमा बगेको प्रहरी हवल्दार यादवले जानकारी दिए ।

श्राद्ध गर्न झापाबाट २१ जनाको टोली बराहक्षेत्र पुगेको थियो । सप्तकोशीमा बात्ति सेलाउन लागेको बेला शुरुमा ठूलाबाबु ज्ञाननाथ कोशीमा डुबेको बास्कोटा परिवारसँगै बराहक्षेत्र गएका स्थानीय यदु घिमिरे बताए । उनका अनुसार ज्ञाननाथलाई बचाउन पुगेका रमेशलाई पनि नदीले बगाएको थियो भने दुबैलाई बचाउन नदीमा पसेका भाई गोपाल पनि सप्तकोशीमै वेपत्ता भए ।

घिमिरेका अनुसार बास्कोटा परिवारलाई घटना पछि झापा पठाएर केही आफन्तहरु बराहक्षेत्रमा नै बसेका छन् । घटनाबारेमा जानकारी पाएलगत्तै खोजी कार्य शुरु गरेको प्रहरी हवल्दार यादवको भनाई छ ।

सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>