थप समाचारशुक्रबार, बैशाख २७, २०७०
‘सरकारले हाम्रो पीडा देखेन’
चर्को घाम र तातो हावाले सिंगो तराईलाई तताएको बेला आगलागी पीडितहरु त्रिपालमा बस्न बाध्य छन् । आगलागीले ९६ घर खरानी पारेको बेला सरकारका आधिकारिक प्रतिनिधि कोही पनि एकपटकसम्म साहनुभूति देखाउनसमेत नआएको गुनासो पीडितहरूको छ ।
घटनाका पीडितमध्ये करिब एक तिहाईलाई जिल्ला प्रशासन कार्यालय रौतहटले दुई हजार रुपैयाँका दरले नगद वितरण गरेको थियो ।
सरकारका तर्फबाट कुनै मन्त्री वा सचिव नै भए पनि आएर आफूहरूको पीडा सुनिदिए हुन्थ्यो भन्ने पीडितहरूको गुनासो रहेको रघुनाथपुरका हरिनारायण सहनीले बताए ।
सञ्जय साह, रौतहट
