थप समाचारशनिबार, बैशाख २८, २०७०

परिषदको गल्ती अदालतले मात्रै सच्चाउन सक्छ: महत

हिमालखबर

२८ बैशाखमा सुन्दरीजलमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता रामशरण महतले अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा लोकमानसिह कार्कीलाई नियुक्ति गर्नु ठूलो गल्ती भएको भन्दै अब यो गल्तीलाई अदालतले मात्रै सच्चाउन सक्ने बताएका छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले लोकमानसिंह कार्कीको नियुक्तिलाई अनुमोदन गरिसकेकाले उक्त गल्तीलाई सर्वोच्च अदालतको फैसलाले बदर गर्नसक्ने महतको भनाई थियो ।

त्यस्तै उनले उग्रवामपन्थी विचारले देशलाई पछाडि धकेलेको पनि दाबी गरेका छन् । “अरुण तेस्रो आउन नदिन भूमिका खेलेका नेकपा एमाले उग्रवामपन्थलाई छाडेर आएको देखिए पनि एमाओवादी र नेकपा–माओवादीका नाममा अझै उग्रवामपन्थी गतिविधि गरेर जलस्रोत आयोजनालाई रोकिँदैछ ।”

कम्युनिस्टहरुले माओ र माक्र्सको सिद्धान्त पढेर नेपाल चलाउन खोज्नु बेवकुफी भएको महतको दाबी थियो ।

बिपीको समयको नैतिक धरातल, न्याय र आदर्श नभएकैले नेपाली राजनीति जटिल मोडमा पुगेर खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार अस्तित्वमा आएको महतले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>