समाचारआइतबार, बैशाख २९, २०७०

‘भ्रष्टाचार ढाकछोप गर्न कार्कीलाई ल्याइयो’

हिमालखबर

२९ बैशाखमा कांग्रेस नगर समिति पर्साले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गगन थापाले एमाओवादीले आफूले गरेको भ्रष्टाचार, लडाकुहरुको पारिश्रमिकमा गरेको हिनामिना लगायतका ‘कुकृत्य’ ढाकछोप गर्न अख्तियारमा लोकमानसिंहको नियुक्ति गराएको दाबी गरेका छन् ।

कार्कीको नियुक्तिले निर्वाचनको वातावरणलाई विथोल्न थालेको भन्दै थापाले यो नियुक्तिपछिको नकारात्मक परिणाम मुलुकले दिर्घकालिन रुपमा भोग्नु पर्ने बताए ।

निर्वाचन गराउने र दैनिक प्रशासन चलाउने मात्रै म्यान्डेट पाएको खिलराज रेग्मी नेतृत्वको सरकारले एकपछि अर्को दिर्घकालिन महत्वका निर्णय गरेको र नेताहरु चुप लागेर साक्षी मात्रै बसेको उनले आरोप लगाए ।

कांग्रेस सभापति सुशील कोइराला र मुख्य दलका शीर्ष नेताले राजनीतिक निर्णयको क्षमता गुमाएको साथै उनीहरुमा स्वतन्त्रतापूर्वक निर्णय गर्ने क्षमता समेत नरहेको थापाको आरोप थियो ।

उनले संविधानसभाको आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याए संविधान फेरि पनि नबन्ने दाबी गरेका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>