समाचारआइतबार, बैशाख २९, २०७०

खोज्दै जाँदा लोकमान भेटिएः दाहाल

हिमालखबर

२९ वैशाखमा पोखरामा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले एक पार्टीले प्रस्ताव गरेको व्यक्तिलाई अर्को पार्टीले स्वीकार नगर्ने भएपछि लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेको बताएका छन् ।

उनले अब कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन सर्वोच्च अदालतले सक्ने वा निर्वाचनपछि व्यवस्थापिका संसदले महाभियोग लगाएर हटाउन सक्ने भन्दै निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

“यो विषयलाई अव ठुलो बनाइराख्नु हुँदैन,” दाहालले भने, “अव चार दलले फिर्ता गरेर पनि हुदैन, कानूनी बाटो खोज्नु पर्दछ ।”

एक हप्तासम्म छलफल भएपछि चार दलकै सहमतिमा लोकमानलाई अतिख्यार प्रमुख बनाउन सिफारिस गरिएको बताउँदै उनले हस्ताक्षर गरेरपछि अहिले आनाकानी गर्नु राजनीतिक दृष्टिले अमिल्दो हुने बताए ।

“नेताहरु नभएर खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिएको होईन,” उनले भने, “पार्टीले प्रस्ताव गरेको व्यक्तिमा सहमति नै हुदैन त्यसैले हो ।”

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>