थप समाचारसोमबार, बैशाख ३०, २०७०
एनआरएन चीनमा नयाँ नेतृत्व
संघको उपाध्यक्षमा सन्जयकुमार चेतानी, महासचिवमा सुदेशकुमार झा, सचिवद्वय प्रदीपन्यौपाने र सुशिल बेल्बासे, कोषाध्यक्षमा रोहित अग्रवाल, प्रवक्तामा सागर न्यौपाने, युवा प्रतिनिधि निर्मल चौलागाई, महिला प्रतिनिधिमा अमृता थापा चयन भएका छन् । यस्तै नवनियुक्त सदस्यहरुमा प्रदीप भण्डारी, प्रकाश तिमल्सिना, श्याम शेढाइ, खस्बु अग्रवाल, तीर्थ पौड्याल र सन्जय भण्डारी छन् ।
‘मातृभूमिको लागि अपरिहार्य, शिक्षा, श्वास्थ्य र सिप विकासमा एनआरएन चीनको सहकार्य’ भन्ने नारा रहेको कार्यक्रम संस्थाका अध्यक्ष सुन्दर थापाको सभापतित्व तथा चीनका लागि नेपाली राजदुत डा. महेशकुमार मास्केको प्रमुख आतिथ्य सम्पन्न भएको हो । चीनमा रहेका ब्यापारी, ब्यवसायी र विद्यार्थीहरु सहभागी कार्यक्रममा हङ्गकङ्गस्थित महाबाणिज्यदुत, वाणिज्यदुत, हङ्गकङ्ग, जापान, मकाउबाट एनआरएनआइसीसी सल्लाहकारहरुको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. मास्केले चीनमा ब्यापार, व्यावसाय, अध्ययनका लागि बसोबास गर्दै आएका नेपालीहरूले चीनले गरेको आर्थिक–सामाजिक प्रगतिबाट सिकेका कुरा नेपालमा लागु गर्नुपर्ने धारणा राखे । हङ्गकङ्ग महाबाणिज्यदुत महेश दाहाल आइसिसि सल्लाहकार पृतम श्रेष्ठ, एशिया प्रशान्त क्षेत्रिय संयोजक यमकुमार गुरुङ्ग (त्रिलोक), सह–संयोजक किरणविक्रम थापा, हङ्गकङ्ग आइसिसि प्रतिनिधि कृष्ण पाण्डे, एनआरएनमकाउका अध्यक्ष सुदर्शन थापा मगरले एनआरएन चीनलाई नेपालीको शिक्षा, स्वास्थ्य, सीप विकास आदिमा अग्रसर हुन आग्रह गरे ।
