थप समाचारसोमबार, बैशाख ३०, २०७०

सुरुङ खनेर फरार कैदीमध्ये तीन पक्राउ

हिमालखबर

२८ बैशाख मध्यराति जेलभित्रैबाट सुरुङ खनेर भागेकामध्ये गैंडाको खाग तस्करीका अर्जुन सेन, डाँका चोरी मुद्धामा जेल परेका दिपक पुन र जर्वजस्ती करणीका चम्फे विकलाई प्रहरीले २९ बैशाख राति रोल्पा प्रहरीले पक्राउ गरेको छ ।

अर्जुन सेनलाई सातदोबाटो भन्ने स्थानबाट र दिपक पुन र चम्फे विकलाइ जंकोटबाट पक्राउ गरिएको हो । फरार हुनेमा डाँका चोरी मुद्धामा जेल परेका राजु थापा, कृष्ण बहादुर वली, बसन्त रोका जर्वजस्ती करणीका, ध्रुव डाँगी, राज बहादुर वली छन् ।

उनीहरुले करिब आठ मिटर लम्बाई र डेढ मिटर गोलाई आकारको सुरुङ बनाई जिल्ला कारागार रोल्पाबाट मध्यराति फरार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

११ जना बस्दै आएको कोठामा अन्य ३ जना भने प्रहरीले थाहा पाएपछि भाग्न नसकेको जनाइएको छ । उक्त घटनामा सुरक्षाकर्मीको चरम लापरवाहि भएको भन्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक बसन्तकुमार बस्नेत, प्रहरी हवल्दार क्षेत्रबहादुर राना, प्रहरी जवानहरु सुवास बराल, छबिलाल वली, कुमार आचार्य र रामबहादुर थापालाई निलम्बित गरेको छ भने प्रहरी सहायक निरीक्षक शालिकराम बस्नेतलाई विभागीय कारवाही गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>