समाचारसोमबार, बैशाख ३०, २०७०
नेपाली नागरिकता लिन खोज्ने दुई भारतीय पक्राउ
बारा जिल्लाको कवहीगोठ र सिम्रोनगढमा सञ्चालित एकीकृत घुम्ती सेवा शिविरमा किर्ते विवरण पेस नेपाली नागरिकता बनाउन खोजेका दुई भारतीय नागरिकलाई ३० बैशाखमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक रामनाथ घिमिरेका अनुसार कवहीगोठमा सञ्चालित घुम्ती सेवा शिविरमा हर्दिया–६ बस्ने इमरित यादवले २१ वर्षीय भारतीय नागरिक भुकी नारायण यादवलाई छोरा बनाइ नेपाली नगरिकता दिलाउन खोजेका थिए ।
यसैगरी सिम्रोनगढ घुम्ती सेवा शिविरमा बारा हरिपुर–४ बस्ने हृदयनारायण साह कानुले भारतीय नागरिक मनोजकुमार साहलाई छोरा बनाइ नेपाली नागरिकता बनाउने प्रयासमा थिए ।
दुवै माथिको अनुसन्धान जारी राख्न जिल्ला अदालतले हिरासतको अवधि बढाइदिएको छ ।
रासस

