समाचारसोमबार, बैशाख ३०, २०७०
कान्तिपुर दैनिक विरुद्व सर्वोच्चमा रिट
तीन दिनअघि पत्रिकामा विजयकुमार पाण्डेद्वारा लेखिएको लेखले अदालतको मानहानी भएको भन्दै अधिवक्ता अञ्जनकुमार पोखरेलले ३० बैशाखमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटमा पाण्डेसहित कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र सम्पादक सुधीर शर्मालाई रिटमा विपक्षी बनाइएको छ ।
विजयकुमारको पाक्षिक स्तम्भ ‘आदि इत्यादी’मा प्रकाशित ‘पद र पहिचानबीचको महान अन्तर’ शीर्षकको लेखले अदालतको मानहानी गरेको दावीसहित रिटमा एक वर्ष कैद र जनही १० हजार रुपैँया जरिवाना सजाय गर्न माग गरिएको छ ।
