समाचारसोमबार, बैशाख ३०, २०७०

निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग बनाउने समितिको निर्णय

हिमालखबर

फाइल तस्बीर

३० बैशाखमा नयाँ बानेश्वरमा बसेको चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि संवैधानिक व्यवस्था गर्न आदेश दिइसकेको छ भने मधेशकेन्द्रित दलहरुले निर्वाचन क्षेत्र पुनर्निर्धारणको माग गर्दै आएका थिए ।

कांग्रेस सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले चुनावको मिति यथाशिघ्र घोषणाका लागि सवैसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचनलाई प्रभाव गर्ने भट्टराई सरकारले गरेका निर्णय खारेजीबारे भने बैठकमा कुनै छलफल भएन ।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले समितिको बैठकमा पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेजी, संविधान सभा निर्वाचनमा एक प्रतिशत थ्रेस होल्डको ब्यवस्था, फोजदारी अभियोग लागेकाहरुलाई उम्मेदवार बन्न नदिने लगायतका विषयमा आफ्ना अडानहरु राख्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>