समाचारमंगलबार, बैशाख ३१, २०७०

३३ दलीय मोर्चाद्वारा अख्तियार कार्यालय घेराउ

हिमालखबर

विवादित छवीका लोकमानसिंह कार्कीलाई महत्वपूर्ण संवैधानिक अङ्ग अख्तियार प्रमुखको जिम्मा दिएको भन्दै ३३ दलीय मोर्चाले ३१ बैशाखमा अख्तियार दुरुपयागे अनुसन्धान आयोगको कार्यालय घेराउ गरेको छ ।

विहान ९ बजेदेखि ११ बजेसम्म काठमाडौंको टङ्गालमा रहेको अख्तियारको कार्यालय घेराउ गरिएको नेकपा–माओवादीका पोलिटव्युरो सदस्य हरिभक्त कंडेलले बताए । कंडेलका अनुसार घेराउका क्रममा प्रहरीसँग सामान्य धकेलाधकेल भएको थियो ।

उक्त क्षेत्रमा भारी संख्यामा सुरक्षाकर्मीहरु तैनाथ छन् । आन्दोलनकारीहरुलाई अख्तियारको गेटसम्म पुग्न नदिएपछि उत्तरतर्फ भाटभटेनी र दक्षिण टंगाल गणेश छेउमा आन्दोलनकारीहरुले धर्ना र नाराबाजी गरेका थिए ।

प्रमुख चार राजनीतिक शक्तिबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउको निर्णय समेत खारेज गर्नुपर्ने भन्दै मोर्चाले १ जेठदेखि १५ गतेसम्मका आन्दोलनका कार्यक्रम यसअघिनै सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>