समाचारमंगलबार, बैशाख ३१, २०७०

पूर्वप्रधानमन्त्री श्रेष्ठलाई उपचारका लागि विदेश लगिने

हिमालखबर

उच्च रक्तचाप र निमोनियाबाट सङ्क्रमण भई ज्ञानेश्वरस्थित हिमाल नर्सिङहोममा १७ बैशाखदेखि उपचार गराइरहेका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई थप उपचारका लागि विदेश लगिने भएको छ ।

७१ वर्षीय श्रेष्ठको स्वास्थ्यमा थप उपचारको आवश्यकता रहेको अस्पतालले जनाएको छ ।

श्रेष्ठको उपचारमा संलग्न डा.ध्रुव गैरेका अनुसार उनको स्वास्थ्यमा थप उपचार आवश्यक देखिएकाले विदेश लैजानका लागि पारिवारिक सरसल्लाह भइरहेको छ ।

जेठ २०४३ देखि चैत २०४६ सम्म प्रधानमन्त्री बनेका श्रेष्ठ त्यसअघि तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>