समाचारमंगलबार, बैशाख ३१, २०७०
शर्त पूरा नभए वार्तामा नआउने वैद्यको अडान
३१ बैशाखमा कैलालीमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले चार दलको सिन्डिकेट मार्फत भएका सहमतिलाई कुनै हालतमा नमान्ने बताएका छन् । बैद्यले सरकारसँग वार्ताका लागि आफूले राखेका तीन शर्त १ चैतको २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश खारेजी, नागरिकता विधेयक खारेजी र अख्तियार प्रमुखको नियुक्ती बदर पूरा भएमा मात्रै मात्र वार्ता हुन सक्ने बताएका छन् ।
वैद्यले चार दलले विदेशीको इसारामा देशलाई फासीवादतिर लैजाने प्रक्रिया अगाडि बढाएको पनि आरोप लगाएका छन् ।
यसअघि सरकारले नेकपा–माओवादीलाई पूर्व शर्त नराखेर वार्तामा आउन र संवाद र छलफलका माध्यमबाट समस्याको समाधान गर्न भन्दै विशेष अपील गरेको थियो ।
