समाचारबुधबार, जेठ १, २०७०

पेट्रोल ट्याङ्कीमा लागु औषध

हिमालखबर

मोटरसाइकलको ट्याङ्कीमा लुकाइ राखेको लागु औषध निकाल्न ट्याङ्कीमा पानी खन्याउँदै विराटनगर प्रहरी । तस्बीर: कमल रिमाल

३१ बैशाख साँझ धरान–८ का ३३ वर्षीय रबि मगरले चलाएको अपाचे मोटरसाइकलको ट्याङ्की भरी लागुऔषधको एम्पुल प्रहरीले बरामद गरेको छ । सुईबाट प्रयोग गरिने बिभिन्न जातका लागु औषध भरेको मोटरसाइकल पक्राउ गरेको प्रहरीले लागुऔषध तस्करी नियन्त्रणमा चुनौति थपिएको पनि बताएको छ ।

इलाका प्रहरी कार्यालय रानी, विराटनगरका सुरक्षाकर्मीलाई मोटरसाइकलको ट्याङ्कीबाट लागुऔषधका एम्पुल निकाल्न हम्मे परेको थियो । पेट्रोल हाल्ने ट्याङ्कीमा पानी हालेर एम्पुल निकाल्न प्रहरीलाई झण्डै दुई घण्टा लागेको थियो । यति मेहनत गर्दापनि करिव सय वटा मात्रै एम्पुल फेला पर्‍यो ।

लागुऔषधको नशामा लट्ठ भएका मगरले आफुसँगै आएका २२ वर्षीय दिपक मगरको कम्जोरीले आफुहरु पक्राउ परेको बताए । दिपकपनि उनीहस“गै पक्राउ परेका छन् । कसले र कसका लागि खरिद गर्न पठाएको हो भन्ने नबताएका मगरले आफ्नै लागि आगुऔषध ल्याएको बताएका छन् ।

उनले यसअघि इटहरीबाटै लागुऔषध खरिद गर्ने गरेको बताउँदै पहिलो पटक जोगवनी आएको र जोन ना गरेका ब्यक्तिले थप दुई हजार रुपैया लिएर मोटरसाइकल नेपाल भित्र्याईदिएको बताए ।

लागुऔषधले ट्याङ्की भरिएको मोटरसाइकलसहित उनीहरुलाई सीमा क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक अनिल पौडेल बिवेश सुराकीका आधारमा लागुऔषध भरिएको मोटरसाइकल पक्राउ गर्न सकिएको हो ।

यसअघि जोगवनी नाकामा लागुऔषधका एम्पुल पेटमा भरेका मानिस र तितेकरेला तथा घिरौलामा भरेर ल्याउने ब्यक्ति पक्राउ परिसकेका छन् ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>