समाचारबुधबार, जेठ १, २०७०
आफ्नो नेतृत्वले विवाद मिलाउने खनालको दावी
एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो नेतृत्वमा निर्वाचनसँग सम्बन्धित सबै विवाद समाधान गर्ने दावी गरेका छन् ।
उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व १ जेठदेखि सम्हालेका खनालले सामुदायीक सूचना नेटवर्कसँग कुरा गर्दै यसअघि दुईवटा दलका अध्यक्षले गरेको पहल आफुले पनि गर्ने बताए ।
आलोपालो प्रणाली अनुसार कांग्रेस सभापति सुशील कोइरालाको पालो ३१ बैशाखदेखि सकिएपछि उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व खनालको जिम्मामा आएको छ ।
खनालले एमालेले चुानावमा विचार र मुद्दा मिल्ने सबैसँग तालमेल गर्न सक्ने पनि बताए । उनले कांग्रेस विपरित विचारको पार्टी भए पनि संविधानका मुद्दा एकै भएकाले तालमेल हुन सक्ने बताएका थिए ।
