थप समाचारबुधबार, जेठ १, २०७०

बेसीशहरमा अन्नपूर्ण प्रवेश शुल्क संकलन केन्द्र स्थापना

हिमालखबर

विश्व चर्चित अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने पर्यटकको सुविधाका लागी पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीशहरमा प्रवेश शुल्क संकलन केन्द्र स्थापना गरी प्रवेश अनुमतिपत्र वितरण शुरु गरिएको छ । सदरमुकाम बेसीशहरको त्रिवेणीटोलमा प्रवेश शुल्क संकलन केन्द्र स्थापना भएपछि सिधै लमजुङ आएर पदमार्ग घुम्न जाने पर्यटकका लागी सुविधा भएको छ ।

यस अघि काठमाडौँ र एक्याप प्रधान कार्यालय पोखराबाट मात्र प्रवेश अनुमति लिनुपर्ने बाध्यता थियो । त्यसरी प्रवेश पत्र नलिई बेसीशहरबाट पदयात्रामा जाने पर्यटकका लागी भुलभुलेमा रहेको चेकपोष्टले दोब्बर दस्तुर लिने गरेको थियो ।

लमजुङमा रहेका पर्यटन व्यवसायी, राजनितिक दल, पर्यटक लगायतको मागका आधारमा बेसीशहरमा प्रवेश शुल्क संकलन केन्द्र स्थापना गरेको एक्यापले जनाएको छ । बर्षमा ३÷४ सय जना भन्दा बढी पर्यटक पोखरा र काठमाडौँबाट प्रवेश अनुमति पत्र नलिई आउने गरेकोमा अब बेसीशहरमा केन्द्र स्थापना भएपछि फाईदा पुग्ने एक्यापका निर्देशक लालप्रसाद गुरुङल बताए ।

अन्नपुर्ण क्षेत्र भित्र पर्ने सार्क भिलेज घलेगाउँ, भुजुङ लगायतका स्थानमा छोटो यात्राका लागी जाने पर्यटकका लागी थोरै प्रवेश शुल्क लिन राष्ट्रिय प्रकृति संरक्षण कोषमा सिफारिस गरेको भन्दै गुरुङले सरकारले अनुमति दिए छोटो यात्राका लागी जानेलाई थोरै शुल्क र धेरै यात्रामा जानेलाई धेरै शुल्क लिने बताए ।

अब बेसीशहरमा रहेको प्रवेश अनुमति केन्द्रबाट अनुमति पत्र नलिई संरक्षित क्षेत्र भित्र प्रवेश गर्ने पर्यटकलले मनाङको धारापानीमा रहेको चेकपोष्टबाट दोब्बर दस्तुर तिर्नुपर्ने एक्याप ईलाका कार्यालय भुजुङका प्रमुख सुदिप अधिकारीले बताए ।

अन्नपुर्ण संरक्षण क्षेत्रभित्र प्रवेश गर्न सार्क राष्ट्रका नागरिकले दुई सय रुपैयाँ र सार्क भन्दा बाहिरका नागरिकले दुई हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनु पर्छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>