थप समाचारशुक्रबार, जेठ ३, २०७०
एएनए सम्मेलन जुलाईमा
सम्मेलनका संयोजक समीर महर्जनले काठमाडौंमा २ जेठमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांस्कृतिक परेड, प्रतिभा प्रदर्शन, व्यान्ड प्रतिस्पर्धा र आर्थिक फोरम जस्ता कार्यक्रम समेटिएको जानकारी दिए । यसअघिका सम्मेलनमा सांस्कृतिक, साहित्यिक, सांगीतिक गतिविधि, खेलकुद, खाना महोत्सव मात्रै गरिन्थ्यो ।
न्यूयोर्कको वेस्टचेस्टरमा हुने सम्मेलनमा नेपालको आर्थिक समृद्धिमा आफूहरूको योगदान के हुन सक्छ ? भन्ने विषयमा छलफल हुने पनि संयोजक महर्जनले बताए । उनले नेपालबाट मन्त्रिस्तरीय प्रतिनिधित्व रहने सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल अमेरिका चेम्वर अफ कमर्सजस्ता संस्थाबाट समेत सहभागी रहने जानकारी दिए ।
