थप समाचारशुक्रबार, जेठ ३, २०७०

ठमेलमा आगलागी

हिमालखबर

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार ठमेलमा २ जेठ राति १०ः३० बजेबाट शुरु भएको आगो विहान करिब ८ बजे नियन्त्रणमा आएको छ ।

आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तिनैवटै जिल्लाका अतिरिक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल झिकाएर आगो निभाउन प्रयास गरिएको थियो । आगलागीबाट २० करोड मूल्यबराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रवक्ता पालले जानकारी दिए ।

आगो निभाउने क्रममा उपत्यकाभित्रका दुई दर्जनभन्दा बढी खानेपानीका ट्याङ्कर समेत उपयोग गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीसमेत आगो निभाउने प्रयासमा जुटेका थिए ।
यससम्बन्धी पूर्ण विवरण आउन बाँकी नै छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>