समाचारशुक्रबार, जेठ ३, २०७०
राप्रपा–राजपा एकता महाधिवेशन आज
जिल्लातहमा एकता भइसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीले केन्द्रीय तहमा एकताका लागि ३ जेठदेखि महाधिवेशन गर्दैछन् । ३ दिनसम्म चल्ने महाधिवेशनमा ७५ वटै जिल्लाबाट २५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने र बन्दसत्र भाटभटेनीस्थित पार्टी प्यालेसमा हुने भएको छ ।
उद्घाटन सत्रमा विदेशी पाहुनाका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुने नेताहरुले बताएका छन् । यसअघि पद बाँडफाँटबारे कुरा नमिल्दा महाधिवेशन पटक पटक स्थगित हुँदै आएको थियो ।
महाधिवेशनबाट दुवै पार्टीका गरी चार सदस्यीय अध्यक्ष मण्डल बनाएर जाने सहमति नेताहरुबीच भइसकेको जनाइएको छ ।
