समाचारशुक्रबार, जेठ ३, २०७०

नियुक्ति खारेजीबारे समितिमा विवाद

हिमालखबर

फाइल तस्बीर

निर्वाचनसम्बन्धी अध्यादेश, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिको खारेजी, निर्वाचनको वातावरण, मिति घोषणालगायतका विषयमा छलफल गर्न ३ जेठमा बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठकमा दलहरुबीच चर्को विवाद भएपछि बैठक निष्कर्षविहीन भएको छ ।

बैठकमा एमाओवादीले पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेजी गर्ने अधिकार वर्तमान सरकारलाई नभएको अडान राखेको थियो । तर, नेपाली कांग्रेस र नेकपा एमालेले चुनावको वातावरण तयार गर्न पनि केही राजनीतिक नियुक्ति बाधक भएको भन्दै खारेजी गर्न माग गरेका थिए ।

त्यसैगरी निर्वाचनको मिति घोषणा गर्ने विषयमा पनि दलहरुबीच विवाद भएको छ । माओवादीले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने अडान राखेकोमा कांग्रेस र एमालेका नेताहरुले भने आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याएर मात्र मिति घोषणा गर्नुपर्ने बताएका थिए ।

बैठकपछि एमाले नेता भीम रावलले आन्दोलनरत दलस“ग तीन दिनभित्र वार्ता गर्ने सहमति भएको जानकारी दिए ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, एमाले अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली र भीम रावल तथा मधेशी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार र महन्थ ठाकुर सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>