थप समाचारशुक्रबार, जेठ ३, २०७०

मनाङ डाइक्लोफेनिक मुक्त जिल्ला घोषणा

हिमालखबर

जिल्ला पशु सेवा कार्यालय मनाङ र अन्य संघ संस्था एवम् कर्यालयको सहयोगमा ३ जेठमा एक कार्यक्रमका बीच मनाङलाई डाइक्लोफेनिक मुक्त जिल्ला घोषणा गरिएको छ ।

पशुपंछीमा दुखाई कम गर्न प्रयोग गरिने डाईक्लोफेनिक औषधी अब मनाङको कुनैपनि गाउँको पशु पंछीलाई प्रयोग नपाईने पशुसेवा कार्यालय मनाङका प्रमुख डा. बज्रकिशोर ठाकुरले बताए । डाईक्लोफेनिक औषधी प्रयोग भएको पशुपंछी मरेपछि त्यसको मासु गिद्धले खाएमा गिद्धमा युरिक एसिड बढ्ने र पछि मृगौलामा समस्या उत्पन्न भइ गिद्ध मर्ने भएकाले डाईक्लोफेनिक औषधी प्रयोग गर्न नहुने पंछी संरक्षण संघ काठमाडौँका भुपाल नेपालीले बताए ।

नेपालभर नै गिद्धको संरक्षणको अभियान चलाएको जानकारी दिँदै मनाङलाई ३१ औँ डाईक्लोफेनिक मुक्त जिल्ला घोषणा गर्न सफल भएको उनको भनाई छ । गिद्धले बातावरणिय संरक्षणका साथै रेविज लगायतका विभिन्न रोगबाट जोगाउन मद्दत पु¥याउने पनि नेपालीले जानकारी दिए ।

त्यस्तै ग्लोबल प्राईमेट नेटवर्क दिक्पालका संरक्षण अधिकृत दिक्पाल कर्माचार्यले विश्वबाटै ९५ प्रतिशत गिद्ध लोप भईसकेको भन्दै संरक्षणका लागी सबै लाग्नुपर्नेमा जोड दिए । डाक्लोफेनिक औषधीको प्रयोग गरे नगरेको अनुगमन गर्न आग्रह गर्दे उनले किसानलाई यसले पार्ने असरको बारेमा सचेतना जगाउन समेत संवन्धित निकायलाई आग्रह गरे ।

कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोला, स्थानिय विकास अधिकारी प्रेमराज गिरी, स्थानीय राजनितिकर्मी, संघ संस्था लगायतको सहभागिता थियो ।

नेपाल सरकारले २०६३ जेठ २३ गतेदेखि नेपालमा डाईक्लोफेनिक औषधी विक्रि वितरणमा प्रतिवन्ध लगाएको छ । उक्त औषधीको विक्रि वितरण गरेमा पाँच हजार जरिवाना र तिन बर्ष सम्म कैद सँजाय हुने व्यवस्था छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>