समाचारशनिबार, जेठ ४, २०७०
सदभावना अध्यक्ष महतोद्वारा अनशन बस्ने घोषणा
४ जेठ बिहान नेपालगञ्जमा आमरण अनशनमा रहेका पार्टी नेताहरुको अवस्था बुझ्न पुगेका सदभावना अध्यक्ष राजेन्द्र महतोले पार्टीले उठाइएका मागप्रति सरकार गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफूलागायत पार्टीका अन्य नेताहरु काठमाडौंमै आमरण अनसनमा बस्ने लागेको बताएका छन् ।
महतोका अनुसार सरकारले पार्टीले राखेका १० बुँदे माग पूरा नगरेमा २५ बैशाख साँझबाट राजधानीको शान्तिबाटिकामा केन्द्रीय नेताहरुसहित उनी अनशन बस्नेछन् ।
संविधानसभाको निर्वाचन मिति अविलम्ब घोषणा, मंसीरभित्र निर्वाचन, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग गठन, नागरिकता वितरण निर्देशिका–२०७० संशोधन गरी आमाका नामबाट पनि नागरिकता प्रदान गर्नुपर्ने लगायतका माग राख्दै सदभावना पार्टीका ७३ जना नेता कार्यकर्ताहरु २४ जिल्लामा ६ दिनदेखि अनशनमा बसेका छन् ।
अनशनमा बसेका सदभावना महासचिव सरोज यादवलगायतका नेता कार्यकर्ताहरुको स्वास्थ्य अवस्था विग्रिएपछि अस्पताल भर्ना समेत गरिएको छ ।
यसै सन्दर्भमा ३ जेठमा सदभावना पार्टी र सरकारबीच भएको वार्तामा कुरा नमिलेपछि ४ जेठमा पुनः छलफल गर्ने गरी वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
