समाचारसोमबार, जेठ २२, २०६९
जनताको मतमा सरकार कामचलाऊ
१७ जेठ विहानदेखि २१ जेठ साँझ पाँच बजेसम्म राखिएको ‘बाबुराम भट्टर्राई नेतृत्वको सरकार कामचलाऊ भन्ने राष्ट्रपतिको ठहर तपाईंलाई कस्तो लाग्यो ?’ भन्ने प्रश्नमा हिमालखबर जनमत सर्वेक्षणका १०६० सहभागीमध्ये ८५९ जना (८१ %) ले ‘ठीक’ भन्ने जवाफ दिएका छन् भने २०१ जना (१९ %) ले ‘बेठीक’ भन्ने विकल्प रोजेका छन् ।
