थप समाचारआइतबार, जेठ ५, २०७०

छोटा राजनको नाममा अपहरण गर्ने पक्राउ

हिमालखबर

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ३ जेठमा कास्की घर भई हाल धापासी–९ बसुन्धरा बस्ने ३२ वर्षीय ठाकुरप्रकाश विश्वकर्मालाई अपहरण र ज्यानमार्ने धम्की दिएको भन्ने काठमाडौंका अनिल विश्वकर्माको उजुरीका आधारमा पक्राउ गरेको छ ।

अभियुक्त ठाकुरले आप्mनो व्यावसायिक रिसइबीका कारण मलेसिया, अस्ट्रेलियालगायत देशमा रहेका साथीमार्फत फोन गर्न लगाई आफू ‘छोटा राजन’ भएको र माग गरे बमोजिमको रकम नदिएमा अपहरण गर्ने तथा ज्यानसमेत मार्ने भनी धम्काएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई थप कानुनी कारबाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाउनाका साथै प्रहरीले घटनामा संलग्न अन्य अभियुक्तको खोजतलास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>