समाचारसोमबार, जेठ ६, २०७०
एमाओवादीले निर्वाचन नै चाहेको छैनः पोखरेल
पेसागत महासङ्घ नेपालको १९ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफलफल भइरहएको तर एमाओवादीले संविधानसभा निर्वाचन गर्नै नचाहेको बताएका छन् ।
नेता पोखरेलले निर्वाचनका लागि आवश्यक ऐन कानून त्यसमा विशेष गरी उम्मेदवारहरुको सीमा, न्यूनतम् मत प्रतिशत (थ्रेसहोल्ड) मा एमाओवादीले अड्को थापेको र असन्तुष्टदलहरुलाई सहमतिमा ल्याउनेमा पनि कुनै ध्यान नै नदिएको आरोप लगाए ।
वगतको संविधानसभामा हतियारसहितको पार्टीसँग निर्वाचनमा जानु नै गल्ती भएको भन्दै उनले आगामी निर्वाचनमा जाँदा एमाओवादीका सम्बन्धमा स्पष्ट धारणा लिएर मात्र जानुपर्ने आवश्यकता रहेको बताएका थिए ।
