समाचारबुधबार, जेठ ८, २०७०
अमेरिकामा गैरकानूनी रुपमा बसिरहेकाले बैधानिकता पाउन सक्ने
आप्रवासनसम्बन्धी विधेयकमा अमेरिकी सिनेटको न्यायिक समितिमा भएको मतदानमा विधेयकको पक्षमा १३ मत प्राप्त गरेपछि अब विधेयक सिनेट पूर्ण बैठकमा पेश गरिने भएको छ ।
यस सम्बन्धीमा सिनेटमा अर्को महिना बहस हुनेछ ।
दक्ष कामदारका लागि भिसा प्रतिवन्ध खुकुलो पार्ने रिपब्लिकन सांसदहरुको प्रस्तावमा सहमति भएसँगै आप्रवासन विधेयकले बहुमत माएको बीबीसीले जनाएको छ ।
न्यायिक समितिबाट विधेयक पास भएकोमा राष्ट्रपति बाराक ओवामाले समितिलाई वधाई दिएका छन् ।
आप्रवसनसंबन्धी नयाँ विधेयक पारित भएपछि अमेरिकामा गैरकानूनीमा रहेका एक करोड भन्दा बढी आप्रवसीले वैधानिक हैसियत प्राप्त गर्नेछन् । तर यसरी वैधानिकता प्राप्त गर्न चाहनेहरु ३१ डिसेम्बर २०११ भन्दा पहिलेदेखि अमेरिकामा बसोबास गरेको हुनुपर्नेछ ।
