थप समाचारबुधबार, जेठ ८, २०७०

युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती

हिमालखबर

सिद्धिचरण स्मृति प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको १०२ औँ जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा ओमवहालस्थित उनको सालिकमा माल्यार्पण गरी स्मृति सभा तथा कविगोष्ठी सम्पन्न गरियो ।

प्रकृतिवादी तथा स्वतन्त्र छन्दमा साहित्य सिर्जना गरेका युगकवि श्रेष्ठका नेपाली तथा नेपाल भाषामा धेरै कृति प्रकाशित छन् भने कतिपय कृति अङ्ग्रेजी साहित्यमा पनि अनुवाद गरिएका छन् ।

कार्यक्रममा साहित्यकार डा आनन्ददेव भट्टले श्रेष्ठले नेपाली साहित्यको माध्यमबाट समाजको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनलाई नेपाली समाजले हृदयबाट अंगालेको बताए ।

अर्का साहित्यकार मोदनाथ प्रश्रितले राष्ट्रवादी, प्रगतीशील चेतनाका धनी श्रेष्ठले श्रमजीवी वर्गलाई आधार बनाएर थुप्रै कृति प्रकासन गरेको उल्लेख गर्दै उनलाई विश्व चेतनाको स्तरमा पुगेका कविको रुपमा आफूले सदैव सम्मान गर्ने बताए ।

समाजसेवी सुवर्ण शाक्यले नेपाली र नेवारी भाषामा साहित्य सिर्जन गरी श्रेष्ठले नेपाली साहित्यको स्तरवृद्धि गर्न सहयोग पुर्‍याएको चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>