थप समाचारबुधबार, जेठ ८, २०७०
चार दाजुभाइले एकैपटक सगरमाथा चढे
सोलुखुम्बुका चार दाजुभाई लाक्पा दोर्जी शेर्पा, तेण्डी शेर्पा, लाक्पा तेन्जी शेर्पा र आङ फूर्वा शेर्पाले ७ जेठ बिहान ७ बजे सगरमाथाको शिखरमा पाइला राखेका आरोहण सहयोगी तेण्डी शेर्पाले बताएका छन् ।
क्लाइम्बिङ शेर्पाको रुपमा एडभेन्चर कन्सल्टेन्ट कम्पनीबाट उनीहरुले सगरमाथाको आरोहण गरेका हुन् ।
अर्का तीनभाई पनि एकैदिन सगरमाथामा
यसैबीच, जुभिङ–१ खरिखोला सोलुखुम्बुका तीनजना दाजुभाइ पनि एकैदिन सगरमाथाको शिखरमा पुगेका छन् ।
जुभिङ–१ सोलुखुम्बुका तीन दाजुभाई २९ वर्षीय पेम्बा वाङ्छु शेर्पा, २५ वर्षीय पेम्बा छोङ्बा शेर्र्पा र २२ वर्षीय पेम्बा ग्याल्जेन शेर्पाले पनि ७ जेठमै सगरमाथा आरोहण गरेका छन् ।
उनीहरुमध्ये पेम्बा शेर्पाले दोस्रोपटक, पेम्बा छोङबा शेर्पाले तेस्रोपटक र पेम्बा वाङछु शेर्पाले चौथोपटक सगरमाथाको आरोहण गरेका उनीहरुमध्ये कान्छा पेम्बा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
रासस

