समाचारबुधबार, जेठ ८, २०७०
दाहाल–भट्टराई जेल जान्छन्: महेश बस्नेत
एमाओवादी नेताद्वया पुष्पकमल दाहाल र बाबुराम भट्टराईले लडाकुको भत्ता, युवा स्वरोजगार कार्यक्रम र अन्य थुप्रै विषयमा राज्यकोषमा लुट मच्चाएको आरोप लगाउँदै युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले दुबै नेतालाई १० बर्षभित्र जेल पठाउने चेतावनी दिएका छन् ।
नवलपरासीको वर्दघाटस्थित दिब्यज्योति बहुमुखी क्याम्पस अनेरास्ववियु इकाइले ८ जेठमा आयोजना गरेको कार्यंक्रममा बोल्दै युव संघ अध्यक्ष महेश वस्नेतले एमाओवादीले लडाकुको नाममा १८ करोड र युवा स्वरोजगारका नाम लाखौं रकम लुटेर देशलाई ठग्ने काम गरेको आरोप लगाए ।
बस्नेतले युवा संघले अख्तियारमा मुद्दा पेश गरेकै आधारमा आत्तिएर भ्रष्टाचारको अभियोगबाट बच्नकै लागि एमाओवादी र मधेशवादी दलले लोकमान कार्कीकलाई अख्तियारमा नियुक्तिको सिफारिस गरेको दाबी गरे ।
उनले योग्यहरुले राजनीति गर्ने बेला आएकाले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका उमेद्वारलाई विजयी गराउन विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।
विद्रोही गिरी, नवलपरासी
