समाचारबुधबार, जेठ ८, २०७०
एमालेमा अझै कुहिएका आलु छन: ओली
८ जेठमा पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा एमाले नेता केपी ओलीले एमालेमा क्षणिक स्वार्थका लागि भित्रिने र त्यहाँबाट स्वार्थपूरा गरेपछि बाहिरिनेहरु अझै पनि रहेको बताएका छन् ।
“क्षणिक स्वार्थका लागि प्रबेश गर्ने, सभाषद मन्त्री बन्ने, त्यसपछि हामीले अवसर पाएनौ भनेर पार्टी छोड्नेहरुले एमालेको बदनाम गरिसके, थुप्रोमा कुहिएका आलु झिकेर फ्याक्नु पार्टी नेतृत्वको दायित्व हो,” ओलीले भने ।
केही दिनअघि एमाले छोडेका रामचन्द्र झा र उर्मिला अर्याललतर्फ संकेत गर्दै ओलीले थपे, “बिरालाहरु वल्लो घरमा भात पाक्दा वल्लो घर र पल्लो घरमा पाक्दा पल्लै घरमा दौडन्छन् ।”
उनले एमाओवादीलाई पथभ्रष्ट, उग्रपन्थी र आर्थिक अराजक भएको आरोप लगाउँदै उक्त पार्टी अब पलायनवादतर्फ उन्मुख भएको दाबी गरेका थिए ।
लक्ष्मी गौतम, पाँचथर

