समाचारबुधबार, जेठ ८, २०७०

माओवादीको षडयन्त्र परास्त गर्नुपर्छः देउवा

हिमालखबर

धादिङको गुम्दीमा ८ जेठमा आयोजितमा कार्यक्रममा बोल्दै कांग्रेस नेता देउवाले एमाओवादीको छलकपटपूर्ण राजनीतिले देशलाई समस्याको भूमरीमा पारेको आरोप लगाका छन् ।

उनले यसपटक आफूहरु षडयन्त्रमा नफस्ने दाबी गर्दै कात्तिक या मंसीरमा जसरी भए पनि निर्वाचन हुने भएकाले कार्यकर्तालाई पार्टीले जित्ने गरी तयारी गर्न आग्रह गरे ।

देशले हाल भोगिरहेका समस्या समाधान गर्ने एक मात्र विकल्प निर्वाचन भए पनि एमाओवादीकै कारण गत संविधानसभाबाट संविधान बन्न नसकेको आरोप लगाउँदै नेता देउवाले फेरि पनि एमाओवादीले जिते उस्तै परिस्थिति सृर्जना हुने दाबी गरे ।

गुम्दी गाविस–६ का नेपाली कांग्रेसका स्थानीय नेता एवम् सामाजिक अगुवा हरि सिंखडाले आफ्ना बाबुआमा नन्दप्रसाद र भद्रादेवीको स्मृतिमा रु ५२ लाखको लागतमा तामाङखर्क उच्च माविको चार कोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गर्न आज सो कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>