समाचारबिहीबार, जेठ ९, २०७०
पूर्व सभासद हत्याको विरोधमा विराटनगर बन्द
६ जेठ राति सप्तरीको कल्याणपुरमा हत्या भएका पूर्व सभासद सदरुल हकको हत्यारा सरकारले अहिलेसम्म पत्ता लगाउन नसकेको भन्दै हत्याको विरोध र हत्यारा पत्ता लगाउन दबाबस्वरुप बन्द गराइएको मुस्लिम संघर्ष समिति मोरङले जनाएको छ ।
बन्दले गर्दा विराटनगरका उद्योग, बजार, शैक्षिक संस्था र यातायात ठप्प छन् भने कोशी राजमार्गको इटहरीदेखि दक्षिण कुनै सवारी साधन चलेका छैनन् ।
बन्दकर्ताहरुले १२ कक्षाको परीक्षा दिन जाने विद्यार्थीहरुको वस समेत इटहरीमा रोकिराखेका छन् ।
कमल रिमाल, विराटनगर
