थप समाचारबिहीबार, जेठ ९, २०७०
पूर्वाञ्चलमा स्ववियु निर्वाचन हुन नदिने चेतावनी
९ जेठमा लिम्बु बिद्यार्थी मञ्च, लिम्बुवान बिद्यार्थी परिषद, संघीय बिद्यार्थी युनियन, नेपाल बिद्यार्थी युनियन र आदीवासी जनजाती बिद्यार्थी महासंघले मिश्रित प्रणलीबाट हुने निर्वाचन रोक्नका लागि क्याम्पसमा तालाबन्दी, आम हडताल जस्ता कार्यक्रमको घोषणा गरेका छन् ।
पाँच विद्यार्थी संगठनको मोर्चाले संखुवसभा, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ र सुनसरीमा आम हडताल गर्ने बताएका हुन् ।
आफूहरुसँग कुनै छलफल नै नगरी त्रिभूवन विश्वविद्यालयले स्ववियु निर्बाचन मिश्रित प्रणाली अन्तगत गर्ने गरी तालिका सार्बजनिक गरेपछि आफुहरुले मोर्चा निर्माण गरी आन्दोलनमा उत्रेको ५ बिद्यार्थी संघठनद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
पूर्ण समानुपातिक मतदान प्रणाली अन्तर्गत स्ववियु निर्वाचन गर्नुपर्ने माग सहित ती संघठनले गरेको अवरोधका कारण पूर्वी नेपालमा सञ्चालित अधिकांश क्याम्पस २०६५ सालमा पनि चुनाव हुनसकेको थिएन भने मतदान भइरहेका बखत मत पेटिका कव्जा गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी झापाको धुलावारी क्याम्पसका मनिल तामाङको मृत्यु भएको थियो ।
लक्ष्मी गौतम, पाँचथर
