थप समाचारबिहीबार, जेठ ९, २०७०

वीरगञ्जमा १३ विद्यार्थी संगठनको अनशन

हिमालखबर

स्ववियु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न केही विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेविसंघ, अनेरास्ववियु, नेकपा–माओवादी सम्बद्ध अनेरास्ववियु क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लगायत विभिन्न १३ विद्यार्थी संगठनले ८ जेठ साँझदेखि ठाकुर राम बहुमुखी क्याम्पस वीरगञ्जमा अनशन शुरु गरेका छन् ।

फर्जी विद्यार्थी भर्ना खारेज, शान्तिपूर्ण निर्वाचनको वातावरण लगायतका माग राख्दै अनशनमा बसेका विद्यार्थीहरुका माग वार्ताबाट समाधान गर्न सकिने क्याम्पस प्रमुख ललन द्विवेदीले बताए ।

उनले विद्यार्थीहरुको सहमतिमा नै क्याम्पसले विद्यार्थी भर्ना लिएको बताएका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>